जेठ ०५, २०८१, शनिबार
               

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर लिलामी आइतबारदेखि

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर आइतबार देखि लिलामीमा बिक्री गर्ने भएको छ । 

यस कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

उक्त शेयरमा आवेदकले मंसिर २८ गतेसम्म आवेदन गर्न सक्नेछन् भने, शेयरको न्यूनतम मूल्य प्रति शेयर ३५० तोकिएको भएर ग्राहकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

यस कम्पनीको शेयर खरिद गर्दा  ‘प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर खरीद आवेदन’ उललेख भएको हुनु पर्नेछ । 

उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि