जेठ ०५, २०८१, शनिबार
               

नेपाल-भारत सीमाका ७ भन्सार कार्यालयका प्रभु बैंक एक्स्टेन्सन काउण्टर निरन्तर

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग र प्रभु बैंकको समन्वयमा नेपाल भारत सीमाका विभिन्न सात वटा भन्सार कार्यालयहरूमा रहेको प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरू अझै केही समय संचालनमा रहने निर्णय भएको छ । 

नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरू भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा रहेका छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौंका तर्फबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधवार गतेका दिन हस्ताक्षर गरेका हुन् । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने छन् । 

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ । यसरी बैंक र सरकारलाई दोहोरो फाइदा हुने छ । 


कस्तो लाग्यो ?

यो पनि