जेठ ०५, २०८१, शनिबार
               

बीमा समितिको अध्यक्षका लागि प्रतिस्पर्धा सुरु, को काे छन् प्रतिष्पर्धामा ?

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल पौष २३ गतेबाट सकिने भएकाले आगामी अध्यक्षका लागि प्रतिस्पर्धा सुरु भएको छ । 

अबकोे नयाँ अध्यक्ष को बन्ला भन्ने विषयमा चर्चा सुरु भएकाे छ । आगामी अध्यक्षका लागि धेरैले आफू दावेदार हुन सक्ने बताइरहेका छन् भने चापागाई अझै एक कार्यकाल दोहोर्याउन बल गरिरहेका छन् । 

चापागाईसँगै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी छन् । शिवाकोटी पनि दुई महिनापछि डेपुटी गभर्नरबाट अवकाश हुँदैछन् । यस्तैगरी, नेपाल स्टक एक्सचेञ्जका पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल अहिले प्रतिस्पर्धामा उत्रिएका छन् ।


 


कस्तो लाग्यो ?

यो पनि