बैशाख २३, २०८१, आइतबार
               

एनएमबि बैंकलाई ‘बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्ड

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । 

एनएमबि बैंक नेपालमा एक मात्रै ‘क’वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको छ । 

यस  बैंकलाई अन्तर्राष्ट्रिय संस्था partnership for carbon accounting financing(PCAF)को स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा ABN AMRO, morgan stanley जस्ता संसारकै उत्कृष्ट बैंकहरुको साथ साझा एजेण्डामा काम गर्ने मौका प्राप्त भएको छ । 

यस कम्पनीले २०१८, २०१९ गरी चार वर्षमा तिन पटक प्राप्त गरेको हो । यस बैंक देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालनगरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिंदै आइरहेको छ ।

यस कम्पनीले कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनेर आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । 

यसकाविजेताहरुलाई बैंकको वित्तीयक्षमताप्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितकालागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्यांकन गरिने उल्लेख छ । 

एनएमबि बैंकले फरक मूलधारको बैंकमा स्थापना हुन गरेका रणनैतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड १९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरुको वित्तीय अधिकार एवं निर्बाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बैंकिङ्ग क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममा आधारित विभिन्न सेवाहरुको प्रारम्भ तथा यस असहज परिस्थितिमा सामाजीक उत्थान एवं स्वास्थ्य सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरु नै यस बैंकको सफलताका कारकहरु रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि