बैशाख २३, २०८१, आइतबार
               

बुधबार ७०.६२ अकंले बढ्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधवार पनि शेयर बजारको कारोबारमा उच्च विन्दुमा पुग्न सफल भएको छ । आजको दिनमा बजार ७०.६२ अंकले  बढेर २ हजार ७१.०२ विन्दुमा पुगेको हो । ७७ अंकसम्मको छलाङ मारेपछि केही सम्हालिएको बजार अन्तत ७० अंक बढेर बन्द भएको छ । 

यस दिन २०१ कम्पनीको ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ब्यापार सूचक केही घटे पनि बाँकी जम्मै हरियो छन् । बजारलाई वाणिज्य बैंकले खासै उठाउन सहयोग नगरे पनि नेपाल टेलिकम सूचीकृत अन्य समूहका साथै जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, लघुवित्तले निकै साथ दिएका हुन् ।

यस दिन बैंकिङ समूह ६, होटल ५१, विकास बैंक २२, जलविद्युत ८८, फाइनान्स ३, निर्जीवन बीमा समूह २४४, उत्पादन ३०३, अन्य १४०, माइक्रोफाइनान्स २३२, जीवन बीमा ६०८ अंकले बढेका छन्। व्यापार समूह भने १६ अंकले घटेको छ । 

एक दर्जन कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, छिमेक लघुवित्त, लक्ष्मी लघुवित्त, मिथिला लघुवित्त, हिमालयन डिस्टिलरी, विजय लघुवित्त, सान्जेन जलविद्युत, नेरुडे लघुवित्त र साना किसान लघुवित्तका साथै विशाल बजार कम्पनी, एनआरएन लघुवित्त, नेपाल टेलिकम, उन्नति लघुवित्त, नेको इन्स्योरेन्स, साधना लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक बढेको छ । ३४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको हो ।

सर्वाधिक सेयर कारोबार हुँदै आएको रिइन्स्योरेन्स १० नम्बरमा पुगेको छ । ४५ देखि ५५ प्रतिशतको बीचमा नगद लाभांश दिँदै आएको नेपाल टेलिकमको ४० करोडको किनबेच भएको छ । नेपाल लाइफको ३० करोड ६२ लाख, नबिलको २२ करोड ८० लाख, हिमालयन डिस्टिलरीको २२ करोड १५ लाखको कारोबार भएको छ । बाँकी कारोबार २० करोडभन्दा तलका छन् ।


 


कस्तो लाग्यो ?

यो पनि