बैशाख २४, २०८१, सोमबार
               

राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत लाभांश अस्वीकृत, के हो कारण ?

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६८/६९ का लागि प्रस्ताव गरिएको १२० प्रतिशत लाभांश अस्वीकृत भएको छ । राष्ट्रिय बीमा संस्थानमा हुँदा राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट हाल कायम रहेका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो । 

सो प्रस्ताव बीमा समितिले अस्वीकार गरेपछि राष्ट्रिय बीमा कम्पनीले दोस्रो पटक प्रतिवेदन बीमा समितिमा पठाएको थियो । दोस्रो प्रतिवेदनमा लाभांश वितरण गर्ने विषय हटाइएको तर बीमा समिति कम्पनीले पेस गरेका आर्थिक, वार्षिकलगायत हिसाबकिताब पूर्ण नभएको भन्दै अस्वीकृत गरेको बताएको छ । समितिले अन्तिम प्रतिवेदनमा क्लियर हिसाब किताब तयार पार्न पनि कम्पनीलाई निर्देशन दिएको छ ।  

बीमा समिति स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीलाई बीमा समितिले नै १२० प्रतिशत लाभांश हटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि पुनः दोस्रो पटक आर्थिक प्रतिवेदन पेश गरिएको थियो । सो प्रस्ताव हटाएपछि उक्त वित्तीय प्रतिवेदन बीमा समितिले स्वीकृत गरेको र अब आर्थिक वर्ष २०६९/०७० को प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।

उक्त दुई आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भए पति कम्पनीको साधारणसभा हुने जनाइएको छ । बीमा संस्थानबाट छुट्टिएको राष्ट्रिय बीमा कम्पनीले बीमा संस्थानको साधारणसभा हुन नसकेका कारण कम्पनीको समेत साधारणसभा रोकिएको छ ।

राष्ट्रिय बीमा संस्थानमा हुँदा समेत छुट्टै कारोबार गर्दै आएको संस्थाले २०७१ सालमा नयाँ कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी संस्थापना गरिएको हो । नेपाल सरकार, सरकारको स्वामित्व रहेका कम्पनीहरु, तथा सर्वसाधारण समुहको शेयर लगानी रहेको छ । कम्पनीको कूल चुक्ता पुँजि २६ करोड ६६ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ६३ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । बीमा समितिले भने पुरानो कम्पनी भएको र धेरै वर्षअघिको मुनाफा विभिन्न कारणले एकिन हुन नसकेकाले वितरण गर्नुअघि कम्पनीको पछिल्लो आर्थिक विवरण समेतबाट प्रमाणित गर्नुपर्ने अडान राख्दै आएको छ ।


 

यो पनि