बैशाख २४, २०८१, सोमबार
               

दोस्रो घण्टामा ७१.४६ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक ७१.४६ अंकले बढेको छ । 

यस अवधिमा परिसूचक ३.५७ प्रतिशतले बढेर २ हजार ०७१.८६ विन्दुमा पुगेको छ । ७ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीहरुमा निर्धन उत्थान लघुवित्त, विजय लघुवित्त, छिमेक लघुवित्त, नेरुडे लघुवित्त, इन्फिनिटी लघुवित्त, मिथिला लघुवित्त र साञ्जेन जलविद्युत कम्पनी रहेका छन् । 

दोस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको ४ अर्ब १ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कारोबार ३१ हजार ३३८ पटकको व्यापारमा भएको हो ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक १.७८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ८.३३ प्रतिशतले बढेको छ ।

उक्त कम्पनीको २६ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ ।

सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार २९२ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि