बैशाख २३, २०८१, आइतबार
               

वोमी लघुवित्तले ३० प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

(हिजो) मंगलबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रमेश आचार्यले बताए  । 

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

वोमी र नागरिक लघुवित्त एकआपसमा मर्जर भई एकीकृत कारोबार समेत सुरु भइसकेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुबिधा समेत उपयोग गरिने कम्पनी सचिव आचार्यले बताए । 

हाल कम्पीको कायम चुक्ता पूँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि