बैशाख २३, २०८१, आइतबार
               

अब वैदेशिक रोजगारमा जान अनलाइनबाटै बीमा गर्न सकिने

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । अब वैदेशिक रोजगारीमा जान अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अनलाइनबाटै गर्न सकिने भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

उक्त सूचनामा विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि