जेठ ०६, २०८१, आइतबार
               

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज  (मंगलबार) बिहान बसेको सञ्‍चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।  

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँनै नगद लाभांश बाँड्नेछ ।  

कम्पनीले पुस १२ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।


 

यो पनि