जेठ ०६, २०८१, आइतबार
               

युनिलिभर नेपालको साधारण सभा आज, के छ एजेन्डा ?

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । युनिलिभर नेपालको वार्षिक साधारण सभा आज (मगंलबार) बस्दैछ । साधारण सभा कम्पनीको कर्पोरेट अफिसमा दिउँसो भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिनेछ । 

यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभाबाट आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिने युनिलिभरले जानकारी दिएको छ । 

साधारण सभा गर्न कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । युनिलिभर नेप्सेमा सूचीकृत कम्पनीमा सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । 

यो पनि