जेठ ०६, २०८१, आइतबार
               

एनआईसी एशिया क्यापिटलको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौँ । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा हुने एनआईसी एशिया डाइनमिक डेब्ट फण्डको इकाईमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

यस बैंकको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको हो । 

जसमध्ये, १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ । 

यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । जुन पहिलो चरणमा १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गरेको छ ।  लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
 


कस्तो लाग्यो ?

यो पनि