जेठ ०६, २०८१, आइतबार
               

प्यालेस्टिनी अस्पताललाई इयूद्वारा एक करोड डलर सहयोग

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

एजेन्सी । यूरोपेली संघ (इयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।’ 

‘पूर्वी जेरूसलमका प्यालेस्टिनी अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौँ प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ठ स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोग राशिको घोषणा गरिएको हो । 

इयूका अधिकारी बर्जस्क्रफले भने, ‘कोभिड–१९ संक्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।’

यो पनि