जेठ ०६, २०८१, आइतबार
               

कामना सेवा बैंकले १० लाख कित्ताको ऋणपत्र निष्काशन गर्यो

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १० लाख कित्ताको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभूतिकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको जनाएको छ ।

नेपाल राष्ट बैंकबाट ‘ख’वर्गको इजाजतपत्र प्राप्त बैंकहरूमा कामना सेवा बैंकले ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने, नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । प्रत्याभूतिकर्ता सम्झौता–पत्रमा कामना सेवाविकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

यसको नाम ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८७’ रहेको छ। ऋणपत्रको अवधि १० वर्षको रहेको छ भने अर्धवार्षिक, ब्याज प्रदान हुने साथै सेबोन (धितोपत्र बोर्ड) को स्वीकृतिपश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

यो कार्यक्रममा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभागप्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख रामकुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंक लिमिटेडका जोखिम व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनीसमेत उपस्थिति रहेको थिए ।


 

यो पनि