जेठ ०५, २०८१, शनिबार
               

नेप्से सूचकमा तिब्र उतार-चढाव, दुई घण्टामा पाँच अर्बको शेयर कारोबार

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन (सोमबार)  बजार खुलेको दुई घण्टामा नै झण्डै पाँच अर्ब को शेयर कारोबार भएको छ ।

१ बजेसम्ममा १९७ वटा कम्पनीको १ करोड ५३ लाख कित्ता शेयर ४ अर्ब ९४ करोड रुपैयाँमा खरिद-बिक्री भएको छ ।

२ हजार विन्दुबाट शुरु भएको बजार कारोबारको यस अवधिमा ०.१५ प्रतिशत बढेर १ हजार ९७१.२४ विन्दुमा पुगेको हो । 

यस दिन नेप्से सूचकमा भने तिब्र उतार-चढाव देखिएको छ। बजार खुलेको केहि समयमा नै बढेर २०२८ पुगेको नेप्से सूचक पुनः घटेर १९७३ विन्दुमा झरेको छ ।

कारोबारको दोस्रो घण्टामा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य ९.७० प्रतिशतले बढेको छ ।

यस अवधिमा नेप्से सूचक ४.९८ अंकले बढेर १९७३.२५ विन्दुमा पुगेको छ । प्रि-ओपन सेसनमा नै सूचक २०० विन्दुमाथि पुगेको भए पनि पुनः घटेर १९०० विन्दुभन्दा तल झरेको छ।

अहिलेसम्म चार अर्ब ९० करोड रूपैयाँको कारोबार भइसकेको छ।

यस अवधिमा व्यपार र जीवन बीमा कम्पनी उपसमूहको सूचक उच्च दरले बढेको हो ।

यो अंक सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।


 


कस्तो लाग्यो ?

यो पनि