जेठ ०५, २०८१, शनिबार
               

२० मिनेटभित्र एक अर्बको कारोबार

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन ओटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।

कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ् कर्पोरेशनको बोनस शेयर प्रयोजनका लागि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो  ।

आज विहान ११:०० बजे कारोबार सुरु भएपछिको २० मिनेटमा एक अर्बको खरिद–बिक्री भइसकेको छ । 

नेप्सेको आधिकारिक वेभसाईटमा देखिएको तथ्याङ्क अनुसार २० मिनेटमा एक अर्ब बराबरको कारोबार नाघेको छ ।

धितोपत्रको कारोबार हुने नेप्सेमा हिजो एकै दिन सवा नौ अर्बको कारोबार भएको थियो भने नेप्से परिसूचक ७५ अंकले बढेको थियो । 


कस्तो लाग्यो ?

यो पनि