जेठ ०५, २०८१, शनिबार
               

हिमालयन बैंकद्वारा लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव जारी गरेको छ ।

मंसिर १४ गते कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्नेछ ।

यो पनि