जेठ ०६, २०८१, आइतबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन हिजो (आइतबार) ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज (सोमबार) पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेको हो ।

हिजाे प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य हिजोको तुलनामा ६५० रुपैयाँ घटेको हो । 

आज चाँदी ताेलामा ११ सय २० रुपैयाँमा कारोबार भइरहेको  छ । हिजाेको तुलनामा आज चाँदीको मूल्यमा ३० रुपैयाँले घटेको हो ।

आज (सोमबार) अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हेर्दा प्रतिऔंस १७ सय ७० अमेरिकी डलरमा कारोबार भइरहको छ । 
 


कस्तो लाग्यो ?

यो पनि