जेठ ०५, २०८१, शनिबार
               

गोल्छाले सम्हाले अध्यक्षको पदभार

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

आइतबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको शपथ ग्रहण समारोहपछि अध्यक्ष गोल्छाले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले पदभार हस्तान्तरण गरेकी थिइन् ।

योसँगै बन्ने महासंघको कार्यसमितिमा राणा दोस्रो वरियतामा झरेकी छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहणसँगै आइतबार नै महासंघ कार्यसमितिको पहिलो बैठक समेत बसेको थियाे ।

सो बैठकमा मनोनित हुने विशिष्ठ सदस्य र कार्यकारिणी सदस्यको नियुक्ति एवं कोषध्यक्षका लागि निर्वाचनको सम्बन्धमा छलफल भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि