जेठ ०५, २०८१, शनिबार
               

अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते आज (आइतबार) बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछ ।लाभांश कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट वितरण गर्न लागेको हो । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्ने प्रस्ताव पनि गरेको छ । 

हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । गत असोज २१ गते बोर्डमा निवेदन दिएको उक्त हकप्रद स्वीकृतिको अन्तिम चरणमा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख २३ हजार छ ।  

यो पनि