जेठ ०५, २०८१, शनिबार
               

नेप्सेमा करिब ६ अर्बको शेयर कारोबार

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज (आइतबार) बजार खुलेको दुई घण्टामा करिब ६ अर्बको शेयर कारोबार भएको छ । 

आज साढे १ बजेसम्ममा १९२ वटा कम्पनीको १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ९० करोड रुपैयाँमा खरिद-बिक्री भएको हो । पछिल्लो समयमा दैनिक कारोबार रकम बढ्दै गएको छ । 

यसले गर्दा लगानीकर्ताहरु शेयरबजारप्रति आकर्षित र विश्वासि भएका छन् ।

यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने वाणिज्य बैंकहरुको पनि धेरै कारोबार भएको छ ।

बजार खुलेको २ घण्टामा नै नेप्से सूचक १२.४३ प्रतिशत अर्थात ५०.२४ अंकले बढेर १९४३.४८  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि