जेठ ०५, २०८१, शनिबार
               

जनरल इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासिक नाफा ३०८ प्रतिशत वृद्धि

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज (आइतवार) सार्वजनिक गरेको छ ।

कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन तथा मुनाफामा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा ५८ लाख ३५ हजार नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर २ करोड ३७ लाख ८५ हजार पुगेको हो । 

कम्पनीले असोज महीनामा आईपीओ निष्कासन गरेको थियो । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष सात करोड पाँच लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले १४ लाख १० हजार बीमाशुल्क आर्जन गरेको थियो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले १९७ जनालाई २ करोड ८५ लाख ६३ हजार दाबी भुक्तानी गरेको छ भने ६१९ जनालाई १२ करोड ३४ लाख ५ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 

चालु आवको तीन महिनामा कम्पनीको प्रतिशेयर आम्दानी  ९.५१, मूल्य आम्दानी अनुपात ३८.६८ र प्रतिशेयर नेटवर्थ ११२.६६ रहेको छ ।

यो पनि