जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंकको शेयर किन्नेले १४ प्रतिशत लाभांश पाउने आज अन्तिम दिन

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । 

बैंकले चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले २०७६/७७ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश पारितका लागि मंसिर २९ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कुमारीले सोमबार मंसिर १५ गते (बुक) क्लोज गर्दैछ ।

कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जानकारी गराएको छ । त्यसकारण आज (आइतबार) मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश लिन पाउनेछन् ।

बैंकले १० वर्षको अवधिमा कुल १ सय ४३.६३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १ सय २९ दशमलव १ प्रतिशत बोनश शेयर दिएको छ भने १४.५३ प्रतिशत मात्र नगद लाभांश वितरण गरेको देखिन्छ ।

अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।


कस्तो लाग्यो ?

यो पनि