जेठ ०५, २०८१, शनिबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।

शुक्रबार ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज (आइतबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंसिर लागेपछि सुनको मूल्यमा ओरालो लागेको छ । आज तेजाबी सुनको मूल्यमा पनि ६०० रुपैयाँ घटेको छ ।

शुक्रबार ९० हजार ८०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तैगरी, आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि