जेठ ०५, २०८१, शनिबार
               

प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीले शुक्रबार बैठक बसेर उक्त निर्णय गरेको हो ।  हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांशसमेत गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसर्थ, कम्पनीले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।  

प्राइमको आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । हाल यसको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ ह्जार ७९७ रुपैयाँ रहेको छ । बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ पुग्नेछ । 

शेयरधनीले अव बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात प्रस्तावित लाभांश पाउने छन् ।

यो पनि