जेठ ०५, २०८१, शनिबार
               

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । उनले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत ल्याएर विजयी भएका हुन् ।

ढकालका प्रतिस्प्रधी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मात्रै मत ल्याएका थिए । ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् ।

साथै, प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्‍ठ विजयी भएका छन् । शनिबार भएको चुनावमा गएराति नै मतको परिणाम आएको हो ।
 

यो पनि