जेठ ०५, २०८१, शनिबार
               

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज (शनिबार) बिहान ८ बजेबाट मतदान सुरु भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका हुन लागेको हो । 

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन् ।

कमलादी, बबरमहल र टेकुबाट मतदान भइरहेको छ । नयाँ कार्यसमिति चयनका लागि १ हजार ११० जना उद्योगी तथा व्यवसायीले मतदान गर्ने निर्वाचन समितिले बताएको छ ।

एक पटकमा २५ जनाभन्दा बढी लाईनमा बस्न नपाउने गरि बिहान ८ बजेबाट मतदान शुरु भइरहेको छ । 

मत आफ्नोपक्षमा पार्न वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू ती स्थानमा सक्रिय रुपमा लागेका छन् । 

कमलादीमा उद्योग वाणिज्य समूह, बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

महासंघको ५४ औं साधारणसभा गत चैतमा हुनुपर्ने  निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएर  मंसिर ११ देखि सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका थिए । बन्द पनि भर्चुअल विधिबाटै गरिएको थियो ।
 

यो पनि