जेठ ०५, २०८१, शनिबार
               

प्रभु लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई नेपाल धितोपत्र बोर्डले हिजो बिहीबार अनुमति दिएको छ । 

आईपिओ जारी गर्ने अनुमति पाएपछि करिब ६० करोड रुपैयाँ बराबरको आईपिओ यसै महिना जारी गर्ने तयारी भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब पुग्ने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूले एक अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।

नयाँ बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले ३ करोड ९ लाख २४ हजार खुद नाफा गरेको छ । यो रकम गत वर्षको यस अवधिमा १ करोड २२ लाख ९४ हजार थियो । 

नाफा वृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म २५ करोड ९७ लाख ९१ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने ६१ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको छ । 
 

यो पनि