जेठ ०४, २०८१, शुक्रबार
               

यो साता नेप्सेमा शेयर सूचिकृत कम्पनीहरु

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जले ६ वटा कम्पनीको सेयर सूचिकृत गरेको छ । ५ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमध्ये ३ कम्पनीको साधारण सेयर (आइपिओ), २ वटा कम्पनीको बोनस सेयर र एउटा कम्पनीको हकप्रद सेयर रहेको छ ।

कम्पनीको सेयर सूचिकृतमा विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता, विकास ऋणपत्र २०८४‘घ’ को १० करोड कित्ता, विकास ऋणपत्र २०८७‘घ’ को २० करोड आइपिओ नेप्सेमा सुचिकृत भएको हो । 

त्यस्तै मङ्सिर ८ गते सोमबार नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । स्टकका अनुसार मङ्सिर ९ गते मंगलबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर सूचिकृत गरिएको छ । 

त्यसैगरी आज (शुक्रबार) मङ्सिर १२ गते नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बापतको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि