जेठ ०५, २०८१, शनिबार
               

सानिमा इक्विटी फन्डको १२.८२ प्रतिशत सम्पति मूल्य बढ्यो

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा इक्विटी फण्डको कात्तिक मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य १२.८२ रहेको छ । फन्डको न्याभ अघिल्लो महिनाको तुलनामा १२ पैसाले बढी हो । असोजमा फन्डकोे न्याभ १२ रुपैयाँ ७० पैसा थियो ।

यो मूल्य असोज मसान्तमा १२.७० रहेको थियो । योजनाको नाफा असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा ६२ प्रतिशत वृद्धि भएको हो । 

कात्तिक सम्ममा सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४ करोड २९ लाखरुपैयाँ बढी हो । असोजमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा फन्डले ७३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको शेयरमा लगानी गरेको छ । नबिल बैंकको १ लाख १४ हजार ५०२ कित्ता शेयरमा १० करोड १५ लाख ६३ हजार रुपैयाँ लगानी गरिएको हो ।

उक्त योजनाले कात्तिक महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्य बढेसँगै नाफा पनि बढेको हो । 


कस्तो लाग्यो ?

यो पनि