जेठ ०५, २०८१, शनिबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिन (बिहीबार) को तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेर आज ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । 

हिजो (बिहीबार) छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको थियो । 

त्यस्ते आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो । 

चाँदी आज प्रतितोला एक हजार १६५ मा कारोवार भएको छ । 

बिहीबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेको हो । 

बिहीबार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि