जेठ ०५, २०८१, शनिबार
               

पिपुल्स पावरको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । शेयर सार्वजनिक निष्कान गर्ने कार्यका लागि विक्री प्रबन्धकको जिम्मेवारी भने प्रभु क्यापिटल लिमिटेडलाई दिएको हो । 

कम्पनीले आज (बिहीबार) सेयर निष्कासन तथा बिक्रि प्रबन्धकको लागि प्रभु क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौतामा पिपुल्स पावर लिमिटेडको तर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जानकारी गराएको छ ।

यो पनि