बैशाख २४, २०८१, सोमबार
               

नेप्से परिसूचकको नयाँ रेकर्ड

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सेयर बजार परिसूचकले नयाँ रेकर्ड कामय गरेको छ । आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर १९०० अंकले बढेर नयाँ रेडर्क कायम गर्न सफल बनेको हो ।

यसअघि २०७३ सालमा परिसूचकले सबैभन्दा बढी अंक १८८१ अंकको रेकर्ड कायम गरेको थियो । आज कारोबार सुरु भएलगत्तै बढेर १९१५ अंक पुगेको थियो ।

१२ बजेसम्ममा नेप्सेमा ४४ लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने, धितोपत्र बजारको कूल पुँजिकरण २५ खर्ब नाघेको छ ।

यो नेपालमा दोस्रो बजारमा कारोबार सुरु भएयताकै सबैभन्दा बढी विन्दु हो । दोस्रो बजारमा यतिबेला उछाल आएको छ । नेप्सेमा कारोबार हुने कम्पनीहरु मध्ये अधिकांश कम्पनीहरुको शेयर मूल्य उच्च बिन्दुले बढेर यसअघिको सबैभन्दा उच्चतम रेडर्क तोड्ने क्रममा छ ।

हाल नेप्सेमा सूचिकृत भएका २७४ वटा कम्पनी म्युचुअल फण्डको मूल्याङ्न नेपालको कूल बजेटको झण्डै दोब्बर हुन पुगेको छ ।

यसअघि ४ वर्ष ४ महिना अघि नेप्से परिसूचक सबैभन्दा बढी १८८१.४५ बिन्दुमा पुगेको थियो। त्यसपछि परिसूचक ११०२.६४ अंकसम्म झरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि