जेठ ०५, २०८१, शनिबार
               

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १०.५२ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  ०७५र७६ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

समितिको १०८ औं बैठकको निर्णय अनुसार कम्पनीले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ ।सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो । उक्त लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

यो पनि