जेठ ०५, २०८१, शनिबार
               

बागमती प्रदेशको आर्थिक कारोबार र प्रशासन सञ्चालन कार्यविधि स्वीकृत

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्व. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ । 

आज(बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा स्थापना गरिएको सो प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 

यसैगरी बैठकले प्रदेशमा स्थायी बसोबास गरेकामध्ये गम्भीर प्रकृतिको क्यान्सर रोगका बिरामीलाई थप उपचारका लागि प्रदेश सरकारका तर्फबाट ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

उनका अनुसार बैठकले प्रदेशमा यातायात व्यवस्थाअन्तर्गत विद्युतीय बस सञ्चालनलगायत अन्य सवारीसाधन सञ्चालन कार्यविधि, २०७७ लाई पनि स्वीकृति प्रदान गरेको छ । 
 

यो पनि