जेठ ०५, २०८१, शनिबार
               

लक्ष्यराइज सहकारीको वार्षिकोत्सवमा बृहत् रक्तदान

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । चावहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले आज कार्यालयमा बृहत् रक्तदान कार्यक्रम गरी आफ्नो १०औं वार्षिकोत्सव  मनाएको छ । 

लक्ष्यराइज सहकारीसँगै लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्ज र मनास्लु वर्ल्ड कलेजको संयुक्त आयोजनामा चावहिलस्थित गणेशस्थान तरकारी बजार क्षेत्रमा मंगलबार सम्पन्न रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरे ।

सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाका अनुसार, रक्तदानपछि स्वास्थ्य सजगता अपनाउँदै सानो समूहमा केक काटेर संस्थाले १०औं वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीका कारण यसपटकको वार्षिकोत्सवमा विगतमा जस्तो औपचारिक कार्यक्रम भने राखिएन ।

महामारीका कारण रक्तदान कार्यक्रम निकै कम भएका र त्रासका बीच रक्तदाताहरूले खुलेर रक्तदान गर्न नसकेकाले पछिल्लो समय राजधानीका ब्लड बैंकहरूमा रगतको अभाव देखिन थालेको छ । यो अवस्थालाई मध्यनजर गर्दै छिटै कलंकीस्थित सदस्य सेवा केन्द्रमा पनि रक्तदान कार्यक्रम आयोजना गर्ने अध्यक्ष तिमल्सिनाले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि