मंसिर ०७, २०८१, शुक्रबार
               

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौंं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । 

सो कम्पनीले यही मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमतिसमेत प्रदान गरिसकेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गर्ने भएको छ । विवरणअनुसार पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।

कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा ३, ४, ५, ६, ७, ८ एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा ९ र १० रहेका छन् । 

बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । 

यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । 

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी रहेको छ । 

यो पनि