जेठ ०५, २०८१, शनिबार
               

एनएमबी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । 

यस संस्थाको १०८ औ सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । जसमध्ये १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

संस्थाको हालको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ। ८ करोड ६१ लाख रुपैयाँ बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ५३ करोड ९७ करोड रुपैयाँ पुग्नेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा संस्थाले सतप्रतिशत भन्दा धेरैले नाफा सुधार गरेको छ। प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा संस्थाको बजार मूल्य ९०० रुपैयाँ छ।

संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट पारित भएपछि साधारणसभा बोलाउने छ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

यो पनि