बैशाख २३, २०८१, आइतबार
               

‘करको दायरा बढाउनुपर्छ’: अर्थमन्त्री

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व बढाउन करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्नुपर्ने बताएका छन् । नवौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता बढाउने र करसम्बन्धी कानुनको परिपालना फराकिलो बनाउँदै लानुपर्ने बताए । 

यसका लागि कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्र्यौता असुली, बेरुजु फस्र्योटजस्ता परिपालनाका विधि कडाइका साथ लागू गर्न कर प्रशासनलाई मन्त्रीले निर्देशन दिएका छन् । 

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम् लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा एवम् पहुँच विस्तारमा नतिजा देखिने गरी सुधार गर्न आवश्यक रहेको मन्त्री पौडेलले बताए ।

अहिलेको प्रतिकूल समयमा आन्तरिक राजस्व विभाग र राजस्व कार्यालयले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध तथा आपसी विश्वास मजबुद बनाउन कर प्रशासनको अभौतिकीकरणलाई अघि बढाउनुपर्ने धारणा पनि विज्ञले अघि सार्दै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि