जेठ ०५, २०८१, शनिबार
               

सोमबार सुनचाँदीको मूल्य स्थिर

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० खरिदबिक्री हुँदै छ । पछिल्लो तीन दिनयता चाँदी सोही मूल्यमा किनबेच भइरहेको हो ।

अन्तर्राष्टिय बजारमा सोमबार सुन प्रतिअउन्स एक हजार ८७४ डलर बराबरमा कारोबार भइरहेको छ । सो बजारमा शुक्रबार सुन प्रतिअउन्स एक हजार ८७९ डलरसम्ममा किनबेच भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि