जेठ ०१, २०८१, मंगलबार
               

तलब नपाएको भन्दै कञ्चनपुरका शिक्षकहरुले लगाए विद्यालयमा ताला

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । तलब नपाएको भन्दै कञ्चनपुरका शिक्षकहरुले सामुदायिक विद्यालयमा ताला लगाइदिएका छन् । आफ्नो तलब माग्दै शिक्षकहरुले  शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा ताला लगाएका हुन् । माध्यमिक एवं आधारभूत तहमा शिक्षण सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरुले ताला लगाएका छन् ।

अनुदानको लागि विनियोजन भएको बजेट शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि निकासा नभएपछि ताला लगाउन परेको शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष बलवीर सिंह भण्डारीले जानकारी दिए ।

तलब पाउँदा सबैभन्दा महान पर्व दशैँ र तिहारमा पनि रित्तो हात बस्न बाध्य भएको उनले गुनासोे गरे । उनका अनुसार चालु शैक्षिक सत्रको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षकहरुलाई नै निरन्तरता दिनुपर्ने र दरबन्दी मिलान वा अन्य बहानामा कार्यरत शिक्षकहरुलाई विस्थापित गर्न नहुने शिक्षकहरुले माग गरेका छन् ।

संघर्षरत शिक्षकहरुले शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रमअन्तर्गत कार्यरत शिक्षकहरुलाई पनि अन्य शिक्षक सरह नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा प्रदान गरिनुपर्नेलगायतका माग गरेका छन् । 

यो पनि