जेठ ०४, २०८१, शुक्रबार
               

लाभांश वितरण गर्न कुमारी बैंकले बोलायो साधारण सभा

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकले २० औं वार्षिक साधारण सभा मंसिर २९ गतेका लागि आह्वान गरेको छ । 

गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७६।०७७ को साधारणसभा बैंककै केन्द्रीय कार्यलय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको हो । 

आज (आइतबार) सूचना प्रकाशित गर्दै बैंकले साधारणसभाको मिति तय गर्दै उक्त साधारणसभामा आय व्यय विवरण तथा १४ प्रतिशत बोनस दिने सम्बन्धी प्रस्ताव पेश गरेको जनाएको छ ।

बैंकले साधारणसभामा पेश गर्ने लाभांश सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत गरिसकेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।

कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि