कात्तिक ३०, २०८१, शुक्रबार
               

किसान समस्यामा

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

मङ्गलबारे । निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पनि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ ।

पारिवारिक निजी वन संघ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 

तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ ।

गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको किसान वीरेन्द्र चौहानले बताए । 

उनले हाल देशमा तीन तहका सरकार क्रियाशिल रहँदा पनि किसानका समस्या समाधानमा पहल नगरेको गुनासो गरे । तीन तहका सरकारले आआफ्नै ढङ्गबाट बनाएका विभिन्न नीति तथा नियम बाझिएका कारण समस्या भएको किसान विशोरसिंह खत्रीले बताए । उनले सरकारले निजी वन उत्पादकलाई दिनुपर्ने रकम नदिएका कारण पनि समस्या भएको बताए ।

विभिन्न मुलुकमार्फत रुख जोगाएवापत सरकारलाई दिने रकम सही ठाउँमा खर्च नभएको निजी तथा पारिवारिक वन संघ इलामका अध्यक्ष रविन्द्र सुवेदीले बताए । वन ऐन कठोर भएका कारण पनि निजी वन मासिने क्रम बढेको बताइएको छ ।

वन जङ्गललाई पनि एक प्रकारको खेतीकै रुपमा अगाडि बढाउन सके मात्र वन जङ्गल मौलाउने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । उनले संघीय सरकारले ल्याएको वन ऐन नै स्पष्ट नभएका कारण समस्या आएको बताए । 


कस्तो लाग्यो ?

यो पनि