बैशाख २४, २०८१, सोमबार
               

कुलमानले मुख खोले, दिए सबैलाई बधाई !

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । जनताको व्यापक चाहना र दबाब भए पनि नेपाल विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति नगरिएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा थालिएको आयोजनाबारे मुख खोलेका छन् ।

केही समययता प्राधिकरण सम्बन्धी मौन रहेका कुलमानले आज बिहीबार सामाजिक सञ्जालमार्फत ढल्केबर सबस्टेशनबारे बोलेका हुन्। उनको धारणा कोही प्रति लाञ्छित भने छैन ।

उनले ढल्केबर ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भएकोमा आयोजना सम्बद्धलाई बधाई दिएका हुन् । यो आयोजना सम्पन्न भएर ४०० केभीमा सफलतापूर्वक चार्ज भएको छ । यसबाट ढल्केबर र भारतको मुजफ्फपुरबीच उच्च क्षमताको विद्युत् आदान प्रदान गर्न बाटो खुलेको छ ।

कुलमानले सफलतापूर्वक चार्ज भएकोमा आयोजना प्रमुख शुक्र देवकोटा, पूर्व उपकार्यकारी निर्देशक बज्रभूषण चाेधरीसमेतको वर्तमान तथा पूर्व टिमलाई बधाई दिएका हुन् । कुलमानको कार्यकालमा अघि बढेकोमध्येको यो प्रमुख क्रस बोर्डर प्रसारण लाइन हो ।

कुलमानले मन्त्री , सचिव, सञ्चालकहरूसमेतलाई बधाई दिएका छन् । नेपालको लगानीमा नेपाली प्राविधिकहरूको डिजाइन र सुपरभिजनमा यो काम सम्पन्न भएको हो ।

ढल्केवार ४०० केभि सब्स्टेसन निर्माण सम्पन्न भई मुजफरपुर ढफ्केबार लाईन ४०० के भि मा सफल्तापुर्वक चार्ज भएकोमा अायाेजना...

Posted by Kulman Ghising on Wednesday, November 11, 2020

कस्तो लाग्यो ?

यो पनि