बैशाख १७, २०८१, सोमबार
               

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बेच्दै

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।

राष्ट्र बैंकले बोलकबोलबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज दिउँसो २ बजे बोलकोबल  गरेर मंगलबार ट्रेजरी बिल विक्री गरिने जनाइएको छ ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि रू. १० करोड र १८२ दिनका लागि १२ अर्बको ट्रेजरी बिल विक्री गर्न लागेको हो । गैरप्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।

सरकार वा राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ । यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि