मंसिर ०७, २०८१, शुक्रबार
               

पुस मसान्तभित्र सबै सहकारीलाई साधारणसभा सक्न निर्देशन

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सहकारीलाई पुस मसान्तभित्र साधारणसभा सक्न निर्देशन दिएको छ ।

महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको हो । साथै, महानगरले त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन पनि निर्देशन दिएको छ ।

जारी सो सूचनामा कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको अवस्थामा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकलनको पूर्ण परिपालन गर्दै साधारणसभा सम्पन्न आग्रह गरिएको छ । 

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामार्फत सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन साधारण सभाका लागि आग्रह गरिएको महानगरले जनाएको छ । सोही नीतिअनुरुप महानगरले समय सीमा नै तोकेर पुस मसान्तभित्र साधारणसभा सकिसक्न महानगरपालिका भित्रका सहकारीहरुलाई निर्देशन गरेको हो । यसका लागि महानगरले साधारणसभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत विषयवस्तुलाई बुँदागत तथा तालिकामा प्रस्तुत गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि