बैशाख २०, २०८१, बिहीबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो । 

आज (बिहीबार) का लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसअघि कात्तिक ६ गते सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि आजमात्रै नयाँ मूल्य तोकिएको हो । तेजावी सुन भने आज तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि