बैशाख २२, २०८१, शनिबार
               

कति छ आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदका अनुसार अमेरिकी डलर एकको खरिद दर ११६.७२ रुपैयाँ रहनुका साथै रहेको छ भने बिक्री दर ११७.३२ रुपैयाँ रहेको छ ।

उता युरोपियन पनि एकको खरिद दर १३८.०३ रुपैयाँ तथा बिक्री दर १३८.७४ रुपैयाँ रहेको राष्ट्र बैकंले जनाएको छ । त्यस्तै, पाउन्ड स्टर्लिङको खरिद दर १५२.३० रुपैयाँ रहनुका साथै बिक्री दर १५३.०९ रुपैयाँ रहेको छ ।

यसैगरी खाडी मुलुक साउदी अरबको रियाल एकको खरिद दर ३१.१२ रुपैयाँ तथा बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ भने यूएईको दिराम एकको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९४ रुपैयाँ रहेको बताइएको छ ।

यता कुवेती दिनारको खरिद दर ३८१.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८२.७७ रुपैयाँ रहनुका साथै कतारी रियाल एकको खरिद दर २२.०५ तथा बिक्री दर ३२.२२ रहेको नेपाल राष्ट्र बैकंले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि