जेठ ०३, २०८१, बिहीबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्यमा सामान्य घटबढ (उतारचढाव) हुने क्रम जारी छ । 

यसैबीच, आज (बिहीबार) पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

हिजो (बुधबार) पनि सुनको मूल्य मंगलबारको तुलनामा ८०० रुपैयाँले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  

यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदी तोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि