जेठ ०३, २०८१, बिहीबार
               

आज फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्ला केही दिनदेखि सुनको मूल्यमा दैनिक रुपमा उतार चढाव देखिएको छ । आज (बुधबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो दिन (मंगलबार) सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि आज ओरालो लागेको छ । 

आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

मंगलबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि